तोरकीन By Kshitiz Shamarpan ₨ 666.00
Description

सपनाहरूको कुनै भूगोल हुन्छ कि हुँदैन ? सुदूर गाउँमा आदिम जिन्दगी बाँचिरहेका मानिसका सपना के-के थिए, के-के छन् ? सपनाको बाटो पछ्याउँदै उनीहरू कहाँ-कहाँ पुग्छन् ? सपनाको अग्लो हिमालमा कतिन्जेल टिक्छ सम्बन्धको न्यानो हिउँ ? कि पग्लेर मन पनि कालापत्थर बन्छ- हिमालजस्तै ?

हिमालपारिको जिल्ला मुस्ताङको पनि माथिल्लो भेगमा छ एउटा गाउँ- चराङ । त्यही चराङको एक सामान्य युवाको जीवनमा आउने आरोह-अवरोह तथा सपना र सम्बन्धहरूको कथा हो- तोरकीन ।

माथिल्लो मुस्ताङको जन्म, विवाह, मृत्यु-संस्कार, रहनसहन, बसाइँसराइ, संस्कृति, परम्परा तथा गुम्बा र दरबारको सामाजिक, सांस्कृतिक एवम् भौगोलिक इतिहासको कथा हो यो ।

रित्तिंदै गएका वस्ती, पग्लिँदै गरेका हिमाल, चिसिँदै गएका सम्बन्ध, हराउँदै गएका संस्कार, परम्परा र संस्कृतिको कथा तोरकीनले पाठकलाई फेरि मानव सभ्यताको जरामा फर्काउनेछ ।

Reviews (0)
Ratings

0.0

0 Product Ratings
5
0
4
0
3
0
2
0
1
0

Review this product

Share your thoughts with other customers

Write a review

Reviews

There are no reviews yet.