यो उपन्यास रोजगारीका लागि माल्दिभ्स पुगेको एउटा त्यो नेपाली युवकको कथा हो जो अञ्जानमै कुलतमा फस्दछ र आफू कुलतमा फसेको थाहा पाएर पनि बाहिर आउन सफल हुँदैन । कुलतकै बीच त्यहाँकी एउटी सुन्दरी मोडेलसंगको उसको प्रेम, प्रेम र नसाबीचको उसको मानसिक संघर्ष र अन्त्यमा उसले र पाठकले एकसाथ अनुभूत गर्ने मृग मरिचिका नै “एक सर्को प्रेम” को सार हो । पछिल्लो समय नेपाली साहित्यमा प्रकाशित भइरहेका एकै खालका उपन्यासहरु भन्दा पृथक कथावस्तु र लेखनशैली छ यो उपन्यासमा । हालुसिनेसनको डरलाग्दो उदाहरण प्रस्तुत भएको जिएस पौडेलको ४५० पृष्ठ लामो यो उपन्यास पढिसक्दा पाठकले एउटा फरक संसारको यात्रा गरिसक्छ । धुवाँको लामो सर्को मात्रै नभई प्रेमको सर्कोसंगै अघि बढेको कथामा केही उपकथाहरु आएर जोडिएका छन् र पुस्तकलाई थप रोमाञ्चक बनाएका छन् । विल्कुलै नयाँ लेखक हुन् जिएस पौडेल उपन्यासको दुनियाँमा । तर यिनको लेखनीमा प्रयोग भएको भाषा र शैलीले मलाई खूब प्रभावित गरेको छ । लामो समयदेखि माल्दिभ्स बस्दै आएका जिएस पौडेलले राउधा आतीफ (मालिदभियन मोडेल) को सौन्दर्यमाथि गरेको फेन्टासीपूर्ण प्रेमकथामा आधारित यो उपन्यास लोकप्रिय मात्रै हैन, लामो समयसम्म नेपाली उपन्यासका पारखीहरुले पढिरहने उपन्यास हुनेमा म विश्वस्त छु । शुभकामना लेखक र बुलबुल पब्लिकेशनलाई Ek Sarko Maya को लागि । – वरिष्ठ रेडियो कर्मी अच्युत घिमिरे बुलबुल



















Reviews
There are no reviews yet.